राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीले यो संविधानलाई खेलौना बनाए - डा. लाेहनी

काठमाडाैँ । पछिल्लाे राजनीतिले देशमा हलचल गराइदिएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमलाई लिएर संविधानभित्र राजसंस्था झनै आवश्यक रहेकाे बताएका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले यो संविधानलाई खेलौना बनाएको आरोप लगाउँदै एक झुट छोप्न प्रधानमन्त्री र राष्ट्रपतिले अनेकाैँ झुटको श्रृङ्खला रचेको बताएका हुन् । 

'राष्ट्रपतिले संविधानको धारा ७४ को उपधारा ४ लाई नजरअन्दाज गरेर ओली सरकारले पेश गरेको प्रस्तावलाई स्वीकार गरेर संविधानमा स्पष्ट लेखिएको सरकार निर्माण प्रक्रियालाई भत्काइयो । यो स्पष्ट रुपमा असंवैधानिक कदम हो । प्रजातन्त्रमा दलहरुको लागि निर्वाचन सामान्य विषय हो । तर एउटा असंवैधानिक कदमको आडमा गरिएको संसद विघटन अर्को असंवैधानिक कदम हो', उनले भनेका छन् ।

उनले थप भनेका छन, "कोभिडको मारमा परेका जनता घरबाट निस्कन नसक्ने अवस्थाको सत्ता स्वार्थको पक्षमा उपयोग गरेको स्पष्ट छ । अब एउटा झुट छोप्न अरु अनेकौँ झुट र अन्यायको श्रृङखला सुरु भएको छ । यो संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय छ । हालसम्मको देशमा संविधानलाई पार्टी र व्यक्तिको खेलौना बनाउने अधिनायकवाद उन्मुख नेपालको राजनैतिक यात्रामा राष्ट्रप्रमुखको रुपमा संविधान भित्रको राजसंस्था नेपालमा प्रजातन्त्र र देश बचाउन कति आवश्यक छ भन्ने अब झन स्पष्ट भएको छ  यदि संविधान भित्रको राजसंस्था आज देशमा भएको भए यो राजनैतिक दुरदशाको अवस्था हामी पुग्ने थिएनाैँ ।"

डा. लाेहनीले यथार्थतालाई अब दलहरुले बुझ्ने कि नबुझ्ने ? भन्दै संविधानभित्रको राजसंस्थाको बरेमा अहिलेसम्म दलहरुबिच रहेको पूर्वाग्रह बारे पुनर्विचार गर्नु अब आवश्यक भइसकेको पनि बताएका छन् ।

गाउँ सहर संवाददाता

Bishnu Neupane लेख्नुहुन्छ ८ जेठ, २०७८ १०:४८ pm

U r right dr sab akhir k chahi raxa ta sumbidhan ma

तपाईँको मत