राजनीति

यस्ताे छ राजपत्रमा प्रकाशित सपथको नयाँ ढाँचा

फाइल : तस्बिर

काठमाडाैं । सरकारले सपथग्रहण सम्बन्धी संघीय कानुन अध्यादेशमार्फत कानुनका रुपमा ल्याएको छ । अब सरकारले सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो । यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ । 

अध्यादेशमार्फत आएको नयाँ ढाँचामा प्रतिज्ञा गर्दछु भन्ने शब्द हटाएर सपथ लिन्छु भन्ने राखिएको छ ।

राष्ट्रपतिबाट बिहीबार जारी भएको अध्यादेश बमोजिमको ढाँचा राजपत्रमा शुक्रबार प्रकाशित भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत