राजनीति

प्रधानमन्त्री ओली आफूसँग बहुमत सांसद रहेको दावीसहित राष्ट्रपति भेटेर बाहिरिए

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग बहुमत सांसद रहेको दावीसहित राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत