राजनीति

जसपाकाे कार्यकारिणी समिति बैठक स्थगित भएकाे र नभएकाे यी दुई सूचना

काठमाडाैं । जनता समाजवादी पार्टी(जसपा)काे कार्यकारिणी बैठक स्थगित भएकाे र नभएकाे दुई सूचना जारी भएका छन् ।

अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेकाे सूचना जारी गरे । त्यसकाे केही समयपछि 

अर्का अध्यक्ष उपेन्द्र यादवले बैठक स्थगित नभएको विज्ञप्ति निकालेका छन् ।

ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताएका हुन् । विज्ञप्तिअनुसार कोभिड-१९ को कारण बैठक स्थगित गरिएको बताइएकाे छ ।

यादवले विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्न पर्ने भएकाले बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसबाट जनता समाजवादी पार्टी (जसपा)मा पार्टी बैठकलाई लिएर पार्टीभित्र दुई धार देखिएको छ ।

जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बैठक बोलाएको थियो । बैठक बोलाउदा जसपाका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर बैठक बोलाएका थिए ।

जसपाको ५१ सदस्यीय कार्यसिमितिमा यादवको बहुमत छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत