कोभिड–१९ महामारीबाट सहकारी संस्थामा परेको प्रभाव र संचालकहरुको भूमिका विषयमा छलफल
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | १४:३६:०० मा प्रकाशित
पोखरा । कोभिड - १९ कोरोना भाईरस महामारी प्रकोपबाट प्रारम्भिक सहकारी संस्थामा परेको प्रभाव र सहकारी संचालकहरुको भूमिका विषयमा जुम एप मार्फत भर्चुल बैठक आयोजना गरी छलफल सम्पन्न गरिएको छ ।
कोप्स सहकारीका अध्यक्ष एवम् संचालकहरुको साझा र छाता संगठन हाे । कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरको आयोजनामा सहकारीका अध्यक्षहरु तथा संचालकहरुलको बैठकले कोभिड महामारी बाट निधन भएका घारिकुलो बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकाराम ढकाल, प्राइम सहकारीका संस्थापक अध्यक्ष अनिल जोशी लगायत देशभरिबाट दिबंगत भएका सहर्कारीकर्मीहरु प्रति श्रदाञ्जली अर्पण तथा संक्रमण भई उपचाररत सहकारी अभियान्ता सचालकहरु एबम कमँचारीहरुमा स्वास्थ लाभको कामना गर्याे ।
सहकारीका सदस्य, कर्मचारी र संचालकहरुको उद्दारको लागि आपतकालीन उद्दार समिति गठन गर्ने। साथै आपतकालीन उद्दार गर्नको लागि न्युनतम १५ लाखको कोभिड उद्दार कोष खडा गरी अक्सिजन बैंक स्थापनाको पहल गर्ने भएको छ कोभिड उद्दार समितिको जिम्मेवारी धर्म अर्याल नेतृत्वको कोप्स जोन कास्कीको समितिलाई हस्तान्तरण गरिएको छ ।
निरन्तर भर्चुअल भेलाहरु गर्ने र सचेतना फैलाउने निर्णयगरेको छ भने सदस्यहरुलाइ आर्थिक सुरक्षाको महशुश गराउने र कोभिडको समयमा ब्याजदर कम्तिमा २ बिन्दु प्रतिशत वा सदस्यको बचतमा दिने आधार दर कायम हुने गरी राहात दिने निस्कर्ष निकालेको छ । कर्मचारीहरुको लागि खोप अभियान,स्वास्थ्य बीमा र स्वास्थ्य सुरक्षाको लागि सामग्री व्यवस्थापन अभियान चलाउने निर्णय लिएको छ ।
उक्त कार्यक्रममा संचार बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष बिनोद ढुङगाना, कोप्सका सल्लाहकार टिकाराम पौडेल, कोप्स कास्कीका फाईनान्सियल डाईरेक्टर सबिन जि सि, सहकारी अभियान्ता युबराज पराजुली ,सहकारीका सात सिद्धान्त बाचन अनमोल साकोसका खेमराज बरालले गरेका थिए । विभिन्न ३० जना वक्ताले वर्तमान महामारीको सामना गर्न सम्पूर्ण सहकारी संस्था र संचालक एक हुनुपर्ने निश्कर्ष निकालिएको छ ।
उक्त अन्तरक्रियामा पोखरा महानगरपालिका सहकारी समिति सदस्य एवम् कार्यपालिका सदस्य सन्तु सुवेदी, कोप्स कास्कीका गभँनर धमँराज अर्याल, जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रबन्धक सुशील केसी कोप्सका जिल्ला समितिका पदाधिकारीहरुले आपतकालीन योजनाको विषयमा आ-आफ्नो धारणा पेश गरेका थिए । महासचिव रामचन्द्र शर्माले सबै विषयवस्तुको प्रभावकारिता सम्बन्धी थप ब्रिफिंग एवम् स्पष्टता प्रस्तुत गरेका थिए ।
उक्त बैठकको अध्यक्षता कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस