गाउँ सहर

संविधान संशोधनको गृहकार्य गर्न ५ सदस्सीय कार्यदल गठन

काठमाडाैं । सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गठन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका हुन् । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।

तर संविधान संशोधनको गृहकार्य गर्न कार्यदलमा सरकारका तर्फबाट खरेलसहित प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल छन् भने जसपाका तर्फबाट नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

जसपाले लामो समयदेखि राज्य पुन:संरचना, समावेशिता र नागरिकतासम्बन्धी ऐन संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत