राजनीति

बाबुरामले भने– लाैराे उभ्याएर भएपनि वैकल्पिक सरकार दिऊँ

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद, संविधान, लाेकतन्त्रकाे रक्षाकाे लागि ७६ (५) काे वैकल्पिक सरकार दिनुपर्नेमा जाेड दिएका छन् । सबैले आवश्यक त्याग, बलिदान गरि लाैराे उभ्याएर भएपनि वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् ।

‘संसद, संविधान, लाेकतन्त्रकाे रक्षा आजकाे अहम् प्रश्न हाे । जे गरेर भएपनि ७६ (५) काे वैकल्पिक सरकार दिऊँ ।’ 

भट्टराईले भनेका छन् -‘आजै गराैँ, अहिल्यै गराैँ । वीपी/पिएलदेखि हाम्राे पुस्तासम्मले लडेर ल्याएकाे संविधान/लाेकतन्त्रकाे रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’ 

गाउँ सहर संवाददाता

तपाईँको मत