समाज

लमजुङको भुलभुलेका भूकम्प पीडितलाई बेगनासतालका युवाको सहयोग

लेखनाथ  ।  लमजुङको भुलभुलेका भूकम्प पीडितलाई पोखरा बेगनासतालका युवाहरुले सहयोग  गरेका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका ३  भुलभुलेका भूकम्प पीडितलाई उनीहरुलाई ७८ हजार ५ सय रुपैयाँ सहयोग गरेका हु्न् ।

संयोजक रानाभाट संगै सुरेन्द्र कुमार पुन, दुर्गा प्रसाद अधिकारी, चित्र बहादुर गुरुङ, हरि नेपाली, बिक्रम गुरुङ, सुरज सुबेदी, रोशन खनाल, रन बहादुर थापा, महेश पौडेल, प्रकाश बराल, निराजन बराल, गजेन्द्र रानाभाट, बिश्व अधिकारी, राजन सापकोटा लगायतले आर्थिक सहयोग गरेका हु्न् ।

त्यस्तै वेगनास युवा क्लव, बेगनासताल महिला समूह, बेगनास युवा राहत कोष, सिड फाउन्डेसन, वेगनास डुंगा व्यवसायी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको  बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटले जानकारी दिए । मानवीय धर्म निभाउँदै कोभिड संकटमा भूकम्पले पुर्याएको क्षतिप्रति सहानुभूति प्रकट गर्दै उक्त सहयोग गरेको बेगनास युवा क्लवका पुर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारीले बताए ।

संकलित रकम लमजुङ जिल्ला प्रहरी प्रमुख गंगा बहादुर थापा तथा सामाजिक ब्यक्तित्व श्रीकृष्ण लामिछानेलाई  बिहिवार नै हस्तान्तरण गरिएको बेगनास युवा क्लवका अध्यक्ष निराजन बरालले जानकारी दिए ।

बुधबार बिहान लमजुङको मर्स्याङ्दी ३ भुलभुले केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्पले घर भत्किदा विभिन्न स्थानका मानिसहरु समेत घाईते भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत