गाउँ सहर

कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक – सांसद भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक भएको बताएकी छन् । अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानवीय क्षति कम गर्न लागि परेको अवस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आ–आफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आब्हान गरेकी छन् ।

भट्टराईले बिहिबार एक प्रेस  नोट जारी गर्दै सो कुरा बताएकी हुन् । निषेधाज्ञाले हाम्रो जनजीवन कष्टकर भएपनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यतामा हामी रहेको प्रेस नोटमा उल्लेख्य गरिएको छ ।

उनले कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनमा ल्याउनका लागि वडाको नेतृत्वमा स्थानीय सामाजिक अभियन्ताहरुको सक्रियता र सर्वदलिय समझदारी सहित सञ्चालनका लागि अन्तिम चरणमा पुगेको, पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको साथै प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको, यसै गरी साविकको लेखनाथ नगरपालिकाको कार्यालय हाल वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरी करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारीका साथ प्रक्रिया अगाडि बढाइएको, पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको  जानकारी  गराएकी  छन् ।

आफ्नो जीवनको प्रवाह नगरी संक्रमितहरुको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुलाइ उच्च सम्मान गर्दै वहाँहरूको सहयोग र सेवाका लागि आभार ब्यक्त गरेकी छन् । सुरक्षाकर्मीहरु महामारीको नियन्त्रणमा आफ्नो दायित्व निर्वाह गर्दै खटिरहेका, संचारकर्मीहरु महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नका लागि महामारी संग जुध्दै कर्मक्षेत्रमा क्रियाशील रहेकामा उच्च सम्मान ब्यक्त गर्दै कोभिडका संक्रमणबाट दिबङ्गत भएकाहरू प्रति  श्रद्धाञ्जली तथाशोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गरेकी छन् ।  कोरोनाबाट संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नो क्षेत्रका जनताहरु उपचारको अभावमा प्रताडित हुन नपरोस भन्दै सांसद भट्टराईले कुनैपनि अफ्ट्यारो परेमा आफू र स्वकीय सचिवलाई  फोन नं ९८४१५४९४२८ तथा ९८४६२६१५३९मा सम्पर्क गर्न को लागि समेत अनुरोध गरेकी  छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत