विशेष

आत्तिएर र मात्तिएर होइन, मापदण्डमा 'रहेर-लडेर' भिड्ने हो कारोनासँग

काठमाडाैँ । काेराेनाले विश्वकाे जनजीविका ध्वस्त छ । हालत बेहाल बनाएकाे छ । बेदनाका आँशु थामिनसक्नु भएका छन्, धेरैकाे परिवार उजाड भएकाे छ अनि लाखाैँकाे अवस्था दर्दनाक भएकाे छ । धेरै देशहरूमा बन्दाबन्दीकाे अवस्था छ, गर्जाे टार्न गाह्राे छ । जीवनकाे लागि स्वास्थ्यमा संकटकाे अवस्था छ । सामाजिक, सांस्कृतिक, भाैतिक, मनाेसामाजिक लगायत सबै क्षेत्रमा दूरगामी प्रभाव परेकाे छ । रैपनि जीविका चलाउनु नै छ, याे कटू सत्य हाे ।

काेराेनाकाे नयाँ भेरियन्टसँगै विश्व पुनः अत्तलिएकाे छ । अब चाहिँ हुन्छ कि भन्ने समयमा पुनः बादल मडारीएकाे छ । झनै कठिन दिनकाे सामना गर्नुपरिरहेकाे छ । देशमा पनि नयाँ प्रजातिकाे प्रवेशसँगै विभिन्न तरंग पैदा गरिदिएकाे छ । हामी आत्तिएका छाैँ, हतारिरहेका छाैँ र भविश्यकाे बारेमा नचाहिँदा पनि कुरा मनन् गरेर बस्न थालेका छाैँ ।

सबैकुरा छन्, पहिले मनन् गराैँ । याे संसारकाे ठूलाे महामारीचाहिँ हाेइन । याेभन्दा कयाैँ ज्यान यसअघिका भाइरसले पनि लगेका छन् । त्याे समयमा पनि हामीले लडेकै हाे, विश्व एक भएकै हाे र राेग जितेकै हाे । तसर्थ आत्तिने र मात्तिने भन्दापनि संयमतापूर्वक र सावधानीपूर्वक मापदण्डमा रहेर जीउन सके याे महामारीकाे अन्त्य पनि असम्भव छैन र नहाेला पनि ।

स्वास्थ्य मापदण्डमा सरकार र जनता पहरेजमा बस्ने हाे भने मानिसभन्दा काेराेना पछि हुन्छ नै । जीवन सबैकाे छ, भविश्य सबैकाे उति नै मूल्यवान छ । याे कुरा मनन् गरेर जनतासँगै सरकारपनि तात्ने हाे भने काेराेनासँग हारिन्छ भन्ने कसैले साेच्दैन । यसकाे लागि भाइरसलाई पछि पार्ने खाेपकाे प्रवन्ध र व्यवस्थापनमा सेकेण्डपनि कमी गर्नु हुँदैन । चाहे त्याे संयाेजन निजीले गराेस् वा सरकारीले । किनकी जति ढिला उति खति बाहेक केहि हुन्न ।

दही र मही खाँदा काेराेना लाग्छ भन्न छाडाैँ, हावादारी कुरा अब कसैले विश्वास गर्दैन, कतिबेला खाँदा ठिक भन्नेचाहिँ बुझाैँ । खाँदा, हिँड्दा, बस्दा, व्यवहार गर्दा, भीडमा जाँदा के गर्नुपर्छ वा पर्दैन लगभग थाहा नहुने काेहि छैन । हाेला कसैलाई याे गर्न पुगेकाे हाेला त कसैलाई नहाेला । तर बाँच्ने कुरामा कसैले जानेर खेलाँची नगर्लान् ।

बन्दाबन्दीले सबै थिलिएकाे याे समय, लकडाउनकाे खर्च धान्न सबैलाई अस्हैय भइरहेकाे छ । हुनेलाई र नहुने दुबैलाई अहिले गाह्राे नै छ । विभिन्न उत्ताउला याेजना नबनाउँ अहिले । स्वास्थ्य पूर्वाधारकाे लगानीभन्दा अरूमा कम लगानी गरेकै बेश । समय सुध्रिए त सबैका दिन फर्कन्छन् भन्ने मनन् गराैँ । स्वास्थ्यलाई प्रथमिकतामा याेबेला राखाैँ ।

देखाउने गतिविधि पूर्ण राेकाैँ । शैक्षिक गतिविधि अनलाइन नै गराैँ । सकेका र सम्भव हुनेसम्मका सबैकाम अनलाइन नै गराैँ । नसक्नेमात्र निस्कँदापनि भीडकाे ख्याल गराैँ । यहाँ भेलै हुनुपर्छ र तिकडामबाजी गर्नैपर्छ भन्नेलाई नहेराैँ । जसले नियम मान्दैन उसकाे पछि नलागाैँ । नियम मान्नेकाे पछाडि लागाैँ र जीवन सुरक्षित गराैँ ।

फलानाेले लकडाउनमा यति कमायाे, उति कमायाे जस्ता कुराकाे पछाडि नलागाैँ । वाध्यताले बाहिर निस्किएकाबाट संक्रमण घरमा पुग्याे, कमाएकाे पैसाले उपचार गर्न सकिएन भन्ने सत्यपनि बुझाैँ । यहाँ काेराेना लागेर १ लाख पाइयाे भन्नेले दशाैँ लाखकाे बिल अस्पतालमा बुझाउन बाँकी छ । अत्यावश्यक व्यापार गरेर सबैकाे उत्थान गर्नेलाई पनि भाइरसले छाडेकाे छैन । यसकारण मर्का सबैतिर छ र हाेशियारी सबैकाे लागि हाे भन्ने अबचाहिँ बुझ्नै पर्छ । जानाजान संक्रमण फैल्याउने, उद्धत गर्ने, मनपरी गर्ने, हेलचेक्राइँ गर्नेलाई ठाउँकाे ठाउँ तह लगाउँ ।

सर्वसाधारणले फ्रन्टलाइनकाे दुःख बुझाैँ । उनीहरूले गरेकाे सेवा सम्झाैँ र उत्ताउला र भड्काउलालाई दनक दिउँ । मापदण्डमा बस्न नसक्नेलाई सहयाेग गरेर नियममा रहने वातावरण निर्माण गराैँ । सरकारले नै यसकाे पालना नगरेका घटना यत्रतत्र भइरहेका छन् उनीहरूलाई बाटैमा दूरी कायम राखेर कारवाही गराैँ ।

अर्कालाई पनि हेराैँ र सावधानी हाेउँ । विपत्तले कसैलाई पाखा गरेकाे छैन । यत्ति गर्न सक्दा हामी र हाम्राे स्वास्थ्यले काेराेनालाई मात ख्वाउँदै जान्छ अनि प्रभावकारी खाेपकाे दनकसँगै भाइरसले विदा लेला । यसबीचमा सरकारका हरेक कामकारवाहीमा खबरदारी गर्न नविर्साैँ । किनकी काेराेनाले मात्र हाम्राे भविश्य निर्धारण गरेकाे छैन, माइलाैँ दूरकाे यात्रा र सहकार्य बाँकी छ ।

काेराेनासँग सति जान सकिँदैन, यसलाई भगाउनकाे लागि हरसम्भव हामी नै तयार हुनुपर्दछ । थप मानवीयताकाे खाँचाे छ, जागरूकताकाे खाँचाे छ अनि खाेपकाे खाँचाे छ । उपचार खर्च व्यवस्थापनमा सरकारले निःशुल्क व्यवस्था गरेकाे राम्राे (नसक्नेकाे लागि) यसकाे लागि सबैकाे प्रयास अनिवार्य छ ।

तर भन्नैपर्छ सरकार नै बेहाेसी छ, बसमा छैन र अरूकाे निद हराम गर्न लागिपरेकाे छ । महामारीकाे बेला जनताकाे ध्यान भड्काउन सरकार संविधान कुल्चेर लागिपरेकाे छ । जनताकाे खबरदारी झनै बढेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत