पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिकाे निर्णयप्रति स्थायी कमिटी बैठकद्वारा भर्त्सना
- गाउँ सहर संवाददाता
- ६ जेठ बिहीबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिकाे निर्णयप्रति गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भर्त्सना गरेको हाे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बसेको स्थायी कमिटी बैठकले सो भत्सर्ना गरेको हो । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीकाअनुसार बैठकले कोभिड महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवम् जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस