कोरोनाभाइरसबाट थप १९०* जनाको मृत्यु, नयाँ ८ हजार ३०५ संक्रमित थपिए, निको भए ६ हजार ५४३
- गाउँ सहर संवाददाता
- ६ जेठ बिहीबार, २०७८ | १७:४४:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ५ हजार ८४७ पुगेको छ ।
यो मृत्यु* नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट गरिएको परीक्षणबाट ८ हजार ३०५ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ९३२ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १५ हजार ८५२ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ७४८ को आइसियूमा र ४९२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ८ हजार ३८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ८१४ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस