मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ्ग सेवा
- गाउँ सहर संवाददाता
- ६ जेठ बिहीबार, २०७८ | १५:४३:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् ।
यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने बैंकले बताएकाे छ ।
- निक्षेप संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२
- कर्जा संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको उसले बताएकाे छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको समेत जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस