दिगोविकास

साताकाे अन्तिम दिन लगानीकर्ता सुस्ताए, काराेबार रकम घट्याे, नेप्से सामान्य अंकले बढ्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। काराबार रकम भने घटेकाे छ । 

यसदिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ अंकमा पुगेको छ । यस दिन २१४ कम्पनीको १ लाख ६ हजार ३९९ पटकको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ११ अर्ब ९५ करोडको शेयर करोबार भएकोमा बिहीबार कारोबार रकम २ अर्ब ६५ करोडले कारोबार रकम घटेको हो ।

यो दिन २ करोड १ लाख ३३ हजार ६०२ कित्ता सेयर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता घरेलु माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदि मार्दी र जानकी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरि पाँचथर पावर कम्पनीको शेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख, नेशनल लाइफको २४ करोड ४३ लाख, नेपाल टेलिकमको २४ करोड ११ लाख, र सिभिल बैंकको २२ करोड ६९ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा सुरुवातदेखि नै बिक्री चापका कारण बजारमा तीव्र दबाब देखिएपनि अन्यसम्ममा बजार सामान्य अंकले बढेर बन्द भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत