गाउँ सहर

प्रधानमन्त्री ओलीद्वारा बेलायतसँग खाेप सहयाेग उपलब्ध गराउन आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारमा बिहीवार (आज) भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

विशेषगरी उनीहरूबीच कोभिड १९ विरुद्धकाे लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएको छ । 

भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पनि आग्रह गरेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत