स्वास्थ्य

काेराेना संक्रमितमध्ये विश्वभर १४ कराेड ४५ लाख जना निकाे, एक लाखकाे अवस्था चिन्ताजनक

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट १ कराेड ७५ लाख ४८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १४ करोड ४५ लाख ७० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १६ करोड ५५ लाख ५० हजार नाघेको छ भने मृतकको संख्या ३४ लाख ३१ हजार ५१३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख १२३ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ६ लाख ६० हजार थपिएकामध्ये भारतमा २ लाख ७६ हजार २६१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ८८० जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ५७ लाख ७८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ कराेड २३ लाख ४८ हजार जना निको भएका छन् । सक्रिय केस ३१ लाख ३५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३८ लाख २ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ७२ लाख ९९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५९ लाख १ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५८ लाख १५ हजार जना संक्रमितमध्ये १ कराेड ४३ लाख ३० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ४१ हजारभन्दा बढी छन् । हाल १० लाख ४३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ४ लाख ८० हजार ४१८ जना पुगेका छन् भने ३ लाख ६० हजार ४०३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५ हजार ६५७ पुगेको छ भने  एक लाख १४ हजार ३५८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत