दृष्‍टिकोण

खाेपमा अस्तव्यस्तता ! आशा भत्काउँदै सरकार, पीडामा जनता (शब्द-तस्बिर)

[सहजताका लागि जनताले खर्च गर्न असैह्य महशुष गरेका छैनन्]

काठमाडाैँ । याे दृश्य किर्तिपुर काठमाडाैँस्थित आयुर्वेद अस्पतालकाे हाे । स्वास्थ्य पत्रकार पदमराज जाेशीले कैद गरेकाे याे तस्बिरबाट नेपालमा काेराेनाकाे खाेप कसरी लगाइँदैछ र कत्तिकाे असुरक्षितता प्रस्तुत भइरहेकाे स्पष्ट गराउँछ ।

यस्ता धेरै दृश्यहरू हामीले कैद गरेका छाैँ विभिन्न समयमा । ति वास्तविक चित्रले खाेप लगाउने बहानामा जाेखिम माेलिएका छन् । विराेधकाे रूपमा भीड गराइएका छन् अनि लापरवाही मृत्यु संस्कारसँग र राेग परीक्षण अनि अस्पतालहरूमा पनि देखिएका छन् । अत्यावश्यकीय स्थानकाे अवस्था र सेवा प्रवाह लिनुपर्ने स्थानकाे अवस्था झनै नाजूक छ ।

खाेप लिनेकाे लाइन ।
खाेप लिनेकाे लाइन् । गाउँ सहर

 

उसैपनि काेराेना महामारी र पाएकाे अनुदान र केहि किनेका गरेर सरकारले केहिमात्राकाे खाेप जनतालाई लगाइरहेकाे छ । तर शैली चाहिँ उच्च जाेखिमकाे देखिएकाे छ । यहाँकाे मात्र हाेइन देशैभरका अस्पतालहरूकाे अवस्था यस्तै चिन्ताजनक छ । याे दृश्यले जाेखिम घटाउनेभन्दा पनि झनै बढाइरहेकाे प्रष्ट गर्दछ ।

खाेपमा अस्तव्यस्तता र एकैसाथ लागेकाे भीडले जाेखिम थप बढाएकाे सबैलाई थाहै छ तरपनि यसमा नियन्त्रण गर्नगराउन सकिएकाे छैन । उसैपनि संक्रमणकाे प्रकाेपले उचाे गति लिइरहेकाे याे विषम अवस्थामा खाेपकाे विकल्प र सामाजिक दुरीकाे अनुपस्थितिमा काेराेना मात खानसक्ने अवस्था छैन । तर यस्ताे भीडमा लगाइने खाेपले झनै जाेखिम बढाएकाे सर्वसाधारणहरू भनिरहेका छन् ।

खाेप लिँदै जनता । गाउँ सहर
खाेप लिँदै जनता । गाउँ सहर

 

हामी याे समय आत्तिएका अवश्य छाैँ । सीमित खाेपमा अनियन्त्रित आशा जाेडिएका छन् । सक्दा त सरकारले जनताकाे घरमै गएर खाेप उपलब्ध गराइदिनुपर्ने हाे । तर सकेकाे छैन र व्यवहारिक पनि नहाेला याे समयमा । पैसा तिरेर पनि समयमा खाेप विश्वले नपाइरहेकाे याे विषम अवस्थामा सरकारले पनि रणनीतिक परिवर्तन गर्दै फास्ट ट्र्याकबाट खाेपकाे उपलब्धता र सहजता जसरी पनि गर्नैपर्छ । यदि सरकारले निःशुल्क सक्दैन भनेपनि जनताले पैसा नतिर्ने अवस्था पक्कै छैन । पहिले राेग जिताैँ अनि अरू गराैँला भनेर जनता कुरिरहेका छन् । सरकारलाई साथ दिइरहेका छन् ।

आर्यघाटको भीड । गाउँ सहर

 

विश्वका देशमा बच्चालाई पनि खाेप वितरण सुरू भइसकेकाे छ । जाेखिम समूहलक्षित गर्दै विभिन्न देशले खाेपकाे सुरूवात गरिसकेका छन् । हामीले पनि अघिल्लाे वर्षबाट सुरू गरिरहेका छाैँ । खाेपकाे पहुँचता वृद्धि हुन नसकिरहेकाे याे परिस्थितिमा हाम्राे यात्रा त्यसैतर्फ माेडिनुपर्छ र जनता बचाउनु पर्छ । सबैकुरा विर्सिएर याे समय तन, मन र धन यहि कुरामा खर्च गर्नुपर्ने देखिएकाे छ ।

विराेध भीड । गाउँ सहर

 

खाेपकाे मात्र हाेइन, पीसीआर परीक्षण, अस्पतालक्षेत्रकाे बेहाल हेर्नुभयाे भने झनै तरंगित हुने अवस्था छ । सबैतिर अनियन्त्रित छ । यसकाे व्यवस्थापनमा सरकारले नसकेकै हाे भने सम्बन्धित टास्क बनाएर सेवा दिँदा जाेखिमकाे मात्रा कम हुनेथियाे र खाेपले काम गर्न सक्थ्याे ।

पिसिआर परीक्षण । गाउँ सहर

 

खाेप नै जुटाउन सकिएमात्र राेग पछि पर्ने तर्क र सरकारकाे यात्रा राेकिनुहुन्न । सकिन्छ भने व्यवस्थित खाेपकाे व्यवस्था उसले गर्नैपर्दछ । खाेप, खाेप, अनि खाेप । अहिलेकाे अपरिहार्यता यहि हाे तर बेहाेसीमा हाेइन, सहज र सुरक्षित खाेप सबैकाे चुनाैतिकाे विषय छ । यसकाे लागि सरकारले नसके जनताले जाेहाे गर्छन्, चुस्त गतिमा जनतामा खाेप सकिए घरमै नसके जाेखिम कम हुनसक्ने स्थानहरूमा व्यवस्थित गरिनुपर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत