अर्थतन्त्र

काराेबार रकममा नयाँ रेकर्ड, नेप्से भने १३ अंकले घट्याे

काठमाडौं । मंगलबार दाेहाेराे रेकर्ड बनाएकाे शेयरबजार बुधबार (आज) गिरावट आएकाे छ । तर काराेबार रकममा भने नयाँ रेकर्ड कायमा गरेकाे छ ।

यसदिन १३.०९ अंकको करेक्सन भइ नेप्से परिसूचक २७८०.८१ अंकमा अडिएकाे छ । 

सेयर बजारमा बुधबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बुधबार कुल २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँ ७२ पैसामा कारोबार भएको छ ।

बुधबार कारोबारको अत्यसमा ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता लघुवित्त, रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट लागेको हो ।

राधी विद्युत, युनाइटेड इदिमर्दी, बिशाल बजार कम्पनी, बेष्ट फाइनान्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि ४ देखि ८ प्रतिशतसम्म बढेको छ ।

आजको बजारमा ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर ३२५ रुपैयाँमा झरेको छ भने युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनिभर्सल पावर, र रैराङ हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो पावर कम्पनी, राधी विद्युत् कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी अगाडि छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत