गाउँ सहर

प्रधानमन्त्रीले नै टेरेनन् निर्वाचन आचारसंहिता, उलङ्घन गर्नेलाई यस्ताे हुनसक्छ कारवाही

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गरी विजयी बनाउन मत मागेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टीको नामबाट अपिल जारी गर्दै भने वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापालाई निर्वाचनमा एकतावद्ध भएर विजयी बनाउनआग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली यसरी मत माग्नु निर्वाचन आयोगकाे आचारसंहित विपरित हाे । निर्वाचन आयाेगले जारी गरेकाे निर्वाचन आचार संहिता अनुसार जेठ ३ गते राती १२ बजेदेखि नै निर्वाचनकाे माैन अवधि शुरू भइसकेकाे छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयाेग गरिने समाजिक सञ्चारमाध्यमबाट पनि मत माग्ने र प्रचार प्रसार गर्न नपाइर्न विज्ञप्ति नै निकालेकाे छ 

हेर्नुहास् निर्वाचन आयाेगले निकालेकाे याे सूचना

तर प्रधानमन्त्री ओलीले त माग्दै भनेका छन्-"जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नाे पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु । कमरेडहरु, हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं । पार्टीका सयौं कार्यकर्ताहरु र हजारौं मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौं भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौं ।"

हेर्नुहाेस् प्रधानमन्त्रीले मत माग्दै जारी गरेकाे अपिल

यदि निर्वाचन आयाेगले जारी गरेकाे आचारंहिता पालना नभएकाे वा उलङ्घन गरेकाे पाइएमा उक्त दल, उम्मेद्वार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ । 

निर्वाचन आयाेगकाे ऐनमा यस्ताे छ व्यवस्था

प्रधानमन्त्री एवमा नेकपा एमालेका अध्यक्षले नै निर्वाचन आयाेगले जारी गरेकाे आचार संहिता उलङ्घन गर्दा कारबाही गर्ने हिम्मत राख्ला ? 

गाउँ सहर संवाददाता

तपाईँको मत