अर्थतन्त्र

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बुधबार (आज) सुनको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत