काेभिड महामारीमा लायन्सका सेवाकार्यका हातहरू फ्रन्टलाइनमै सक्रिय छन् : भेटुवाल
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | २२:०१:०० मा प्रकाशित
काठमाडाैं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ काे सहयाेगमा चन्द्रागिरी नगरपालिका वडा नं-३ र १२ मा विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
नवनिर्मित भवन भरखरै ३० बेडकाे आइसोलेसन सेन्टर सञ्चालन शुरू भएकाे छ । जहाँ लायन्स क्लबले विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेकाे हाे ।
लायन्सले अक्सिजन थेरापी सेन्टरमा अक्सिमिटर, पीपीई, सहयाेग तथा नगरपालिकाकाे स्वास्थ्य सेवामा मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टिम राखेर नगर-स्तरीय आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लाेबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले जानकारी दिए ।
लायन्सले उक्त आइसोलेसन सेन्टरमा वडा नंम्बर ३ र १२ वडा बलम्बु गरि १८ वडा बेड आठवटा अक्सिमिटर,३५ थान पीपीई, फेससिल्ड लगायत अन्य स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएकाे उनले बताए । चन्द्रागिरी लायन्स क्लबले पनि स्वास्थ्य सेवामा सहयाेग गरिरहेकाे उनले जानकारी दिए ।
पहिलाे पटककाे निषेधाज्ञाकाे बेला सक्रिय रहेकाे लायन्स क्लब यस वर्षकाे झन् डरलाग्दाे गरि फैलिएकाे काेराेना महामारीमा सुस्ताएकाे हाे ? भन्ने प्रश्नमा भेटुवालले याे आराेप शतप्रतिशत गलत रहेकाे बताए ।
भेटुवालका अनुसार लायन्स क्लबले यसपटक अत्यावश्यक अक्सिजन तथा विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेसनमा २४ घण्टा सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरलाई सहयाेग गरिरहेकाे छ ।
अन्य विपत्तकाे बेला सानाे सानाे सहयाेगले पनि राहत हुने गरेपनि यसपटक लायन्स क्लबहरूले नियमित गररहेकाे सेवाका कामबाहेक अस्पताल तथा आइसोलेसन सेन्टरमा सक्रिय रहँदा लायन्सले गरेका सेवाकार्य नदेखिएकाे जस्ताे मात्र भएकाे उनले प्रष्ट्याए ।
उनले भने- "हाम्रा डिस्ट्रिक अन्तर्गतका क्लबहरूले ज्याला मजदूरी तथा श्रमजीविहरूलाई नियमित रूपमा खाद्यान्न सहयाेग गरिरहेकै छन् । क्लबहरूले आर्थिक सहयाेग जुटाइरहेका छन्र । त्यसमाथि यसपटककाे काेभिड अलि जटिल देखिकाे छ । हाम्रै साथीहरूले पनि जीवन गुमाउन पुगे । अझै धेरैजना हाेम आइसाेलेन, अस्पतालहरूमा उपचार गरिरहनुभएकाे छ । हाेम आइसाेलेसनमा बसिरहेकाहरू कतिपय साथीहरू फिल्डमा भाैतिक रूपमा उपस्थित हुन नसकेपनि आर्थिक सहयाेग गरिरहनुभएकाे छ । यस्ताेबेला पनि सहयाेग गर्ने सम्पूर्ण लायन्स मित्र तथा क्लबहरूप्रति आभारी छु । साथीहरू आफ्नै पेशा व्यसाय बन्द छ, आयस्राेतकाे बाटाहरू बन्द हुँदा पनि मनदेखि सहयाेग गरिरहनुभएकाे छ । याे नै ठूलाे कुरा हाे ।"
लायन्स क्लबले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु तथा कारागारमा रहेका कैदीबन्दीहरु समेत संक्रमित हुन थालेपछि उनीहरूकाे सुरक्षाकाे लागि उक्त स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे भेटुवालले बताए ।
"हामी यस्ताे महामारीमा पनि आत्तिएका छैनाैँ, डराएका छैनाैँ । समाचारहरुमा पीडा, चिच्याहट देखिरहँदा कुन लायनकाे मन थामिएला र ? यस्ता दृष्यले हामीलाई विचलित नगर्ने त हाेइन तर पछाडि हट्न आत्मा मान्दैन ।सहयोग गर्ने मित्रहरुको अटुट माया र सहकार्यले सेवामा थप उर्जा मिलेकाे छ । सेवाका हातहरू फ्रन्टलाइनमै सक्रिय छन्" भेटुवालले भने ।
धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले समाजका लागि प्रभावकारी कल्याणकारी र गौरवशाली काम गर्न एकजुट हुन भेटुवालले आग्रह गरे ।
लायन्स क्लब संसारकै सबैभन्दा ठूलो र पुरानो सामाजिक संस्था हाे । कुनै पनि दैवी विपत्ति भूकम्प, सुनामी आदि होस् वा रोगको संक्रमण होस् "WE SERVE" नाराका साथ आवश्यकतामा लायन्स क्लबले सहयोग जुटाउन मदत गर्दछ । यसका सदस्यहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित भएकाले पनि लायन्सको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ गत वर्ष साढे ५७ लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस