गाउँ सहर

निषेधाज्ञामा काठमाडाैंबाट रुकुम पश्चिमका लागि छुटेकाे बस नवलपरासी पश्चिममा दुर्घटना, चारजनाको मृत्यु

काठमाडाैं । पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ । काठमाडाैंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए । 

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ ।

दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत