गाउँ सहर

लमजुङमा गएकाे भूकम्पले घरहरू भत्के, केही घाइते (तस्बिरहरू)

लमजुङ । बुधबार विहानै भूकम्पकाे महसुस भएकाे छ । 

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् भने केही घरहरू पनि भत्किएका छन् । 

भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा केहीबेर मानिसहरू घर बाहिरै बसेको थिए ।

बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।

भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन् । केही स्थानमा सुख्खा पहिरो पनि गएको छ । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

तस्बिर- जिबी घिमिरे प्रदीपको फेसबुकबाट । 

गाउँ सहर संवाददाता

तपाईँको मत