विश्वमा काेराेना जित्नेकाे संख्या बढ्याे, संक्रमितमध्ये ९८% डिस्चार्ज, ०.६% काे अवस्था चिन्ताजनक
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | ०२:३२:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरस जित्नेकाे संख्या विश्वमा बढीरहेकाे छ । तथ्यांकले यहि बताउँछ । हिजाे प्रताडित भएका देशहरूकाे अवस्था सुध्रिएकाे छ भने नयाँ भेरियन्टले थला पारेका देशहरूमा भने यसकाे कहर बढेकाे छ ।
विश्वभरकाे काेराेना तथ्यांक केलाएकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार अहिलेसम्म काेराेनाका कारण विश्वमा कुल संक्रमितकाे संख्या १६ कराेड माथि छ भने जित्नेकाे संख्यापनि १४ कराेड नाघिसकेकाे छ ।
उसका अनुसार भाइरसकाे चपेटाले ३४ लाख माथिकाे ज्यान लिइसकेकाे छ । यसमा कुल डिस्चार्ज प्रतिशत ९८ र मृत्यु २ प्रतिशत छ । अहिले ०.६ प्रतिशतकाे अवस्था चाहिँ गम्भीर रहेकाे उसले अपडेट गरेकाे छ ।
भारतमा कुल संक्रमणकाे दर थामिएकाे भएपनि मृत्यु थामिएकाे छैन । पछिल्लाे समयमा मात्र त्यहाँ ४ हजार ५२५ जनाले ज्यान गुमाएका छन् । याेसहित कुल मृतककाे संख्या २ लाख ८३ हजार २७६ पुगेकाे छ । तर अमेरिका, ब्राजिल, फ्रान्स, टर्की, रशिया, बेलायत र इटलीजस्ता अत्यन्तै मृत्यु स्याहारेका राष्ट्रहरूमा अहिले सुधार देखिएकाे छ । उनीहरूले त अहिले बच्चाकाे लागिपनि खाेप कार्यक्रम सुरू गर्ने बताइरहेका छन् ।
नेपालमा दिन बिराएर संक्रमण र मृत्यु बढीरहेकाे छ । पछिल्लाे दिनमा मात्र १९६* (सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेकाे शव समेत) जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ गरी २० हजार ९७९ को परीक्षण गर्दा ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । निको हुनेको प्रतिशत ७४.६ रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् । आज ७५२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ५९० को आइसियूमा, ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ४४७ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
हिजाेमात्र नयाँ भेरियन्ट थपिएसँगै तीन कहरकाे सामना नेपालले गर्नुपरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस