वातावरण

आज देशभर सामान्य देखि पूर्ण बदली, लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा

काठमाडाैँ । आज २०७८ जेठ ५ गने (बुधबार) जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ताउ-ते काे असर नेपालमा पनि देखिने भएकाे छ ।

महाशाखाका अनुसार, बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाे महाशाखाकाे पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत