स्वास्थ्य

भारतमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३.२ प्रतिशत

काठमाडाैँ । भारतमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३.२ प्रतिशत अर्थात ३३ लाख ५३ हजार ७६५ रहेकाे त्यहाँकाे स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले बताएकाे छ । जुन हिजाेकाे संख्यामा घटेकाे हाे ।

अहिलेसम्म भारतमा काेराेना संक्रमणबाट २ लाख ७८ हजार ७१९ काे मृत्यु भइसकेकाे छ ।

मन्त्रालयका अनुसार, अहिलेसम्म ८५.६० प्रतिशतले स्वास्थ्य लाभ गरेका छन् जुन संख्यामा २ कराेड १५ लाख ९६ हजार ५१२ हाे । 

अहिलेसम्म १८ कराेड ४४ लाख ५३ हजार १४९ जनामा खाेप लगाइसकिएकाे छ । पछिल्लाे समयकाे परीक्षण संख्या  १८ लाख ६९ हजार २२३ रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत