राजनीति

शपथसम्बन्धी रिटमा सर्वोच्चद्वारा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश, शपथ रोक्न अस्वीकार

काठमाडौं । शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन भने अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवालीलगायतले प्रधानमन्त्रीले सपथको अंश छुटाएकाले पुनः सपथ लिनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत