बेला न कूबेला हरियाे काँक्राे : उपेन्द्र-महन्थको संयुक्त वक्तव्य, सहमतिकाे सरकार
- गाउँ सहर संवाददाता
- ४ जेठ मंगलबार, २०७८ | १५:१३:०० मा प्रकाशित
काठमाडौँ । भर्खरै नयाँ खिचडी पाकेकाे छ नेपाली राजनीतिमा । जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने उसले जनाएको छ । याे समय अघिल्ला दिनमा आउँदा चुप बसेकाे उ साता वित्ननपाउँदै उचालिएकाे छ ।
केहि समय अघि पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीकाे एकल भेटमा वर्तमान प्रधानमन्त्रीसँग राष्ट्रिय सहमतिकाे सरकारकाे चर्चा भएकाे खुलेकाे थियाे । तर राजनीतिक बृत्तमा यसलाई नेतृत्वमा पुग्ने भर्याङ्गमात्र रहेकाे धारणा राखेका थिए ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्रै जसपा सरकारमा सहभागी हुने बताएका छन् ।
‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’, विज्ञप्तिमा उल्लेख छ ।
बेला न कूबेलाकाे याे अभिव्यक्ति र विज्ञप्तिलाई कतिपयले हरियाे काँक्राेकाे संज्ञा दिएका छन् । भन्दैछन् - याे संभावना छँदैछैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस