स्वास्थ्य

काेराेनाबाट मृत्यु हुनेमा भारत सबैभन्दा अगाडि, बेलायत सामान्यतर्फ, अरूकाे अवस्था के छ ?

काठमाडाैँ । काेराेनाबाट विश्वमा सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र भारत भएकाे छ । पछिल्लाे २४ घण्टामा मात्र त्यहाँ भाइरस संक्रमणकाे चपेटामा ४ हजार ३४० जना परेका छन् । याेसहित कुल ज्यान गुमाउनेकाे संख्या २ लाख ७८ हजार ७५१ पुगेकाे छ । नयाँ संक्रमण २ लाख ६३ हजार ४५ जनामा देखिएकाे छ भने कुल संक्रमितकाे संख्या २५ कराेड २२ लाख ७ हजार ७० पुगेकाे छ । तर संख्यात्मक रूपमा हेर्ने हाे भने भारत अमेरिका र ब्राजिल पछिकाे तेस्राे बढी मृत्यु भएकाे देश हाे ।

उता ब्राजिल अर्काे सबैभन्दा मृत्यु भएकाे देश भएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ७१४ काे मृत्यु भएकाे छ । २९ हजार ९१६ जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितकाे संख्या १ कराेड ५६ लाख ५७ हजार ३९१ पुगेकाे छ । अर्जेन्टिना र काेलम्बीयमामा पनि पछिल्लाे दिनमा मृत्यु हुनेकाे संख्या ५ सय नाघेकाे छ ।

यस्तै अमेरिका, फ्रान्स, टर्की, रसिया, इटली, स्पेन, जर्मनी पाेल्याण्ड, इरान, मेक्सीकाे, यूक्रेन, इन्डाेनेशियाजस्ता देशहरूकाे अवस्थामा परिवर्तन देखिँदै गएकाे वर्ल्डाेमिटर्स डट काेराेनाभाइरसकाे तथ्यांकले देखाउँछ । त्यहाँ पछिल्ला दिनहरूमा मृतक र संक्रमितकाे अवस्थामा सुधार देखिएकाे छ । तर चीन जहाँबाट भाइरसकाे उदय भयाे त्यहाँकाे अवस्था एकदमै सामान्य भइसकेकाे छ । मृतक र संक्रमणकाे संख्या हेर्ने हाे भनेपनि नेपालले उसलाई उछिनेकाे छ ।

पछिल्ला काेराेना कहरका देशहरू क्रमिक सुधारकाे लयमा फर्कँदैगर्दा अन्य सहरहरूमा प्रकाेपले तबाही मच्चाएकाे छ । भारतसँगकाे खुला सीमाका कारणपनि नेपालमा संक्रमणकाे जाेखिम दिनकै चुलिएकाे छ । पछिल्लाे २४ घण्टामा मात्र देशमा २१४* जनाकाे भाइरसका कारण ज्यान गएकाे छ । योसँगै कुल मृतकको संख्या ५ हजार २१५ पुगेको छ । कुल संक्रमितकाे संख्या ४ लाख ६४ हजार २१८ पुगिसकेकाे छ । ३ लाख ४५ हजार ५२३ ले भने स्वास्थ्य लाभ गरेका छन् । देशमा पछिल्ला दिनमा १० हजारकाे हाराहारीमा संक्रमण र २०० काे छेउछाउमा मृत्यु भइरहेकाे छ, जुन एकदमै भयानक छ ।

मन्त्रालयका अनुसार देशभरमा १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् भने ७०८ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २५९ को आइसियूमा र ४०० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ५१० र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ९७० छ । पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा चेन ब्रेक गर्न देश निषेधाज्ञामा छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २०-२९, ३०-३९ वर्ष, ४०-४९ र ५०-५९ वर्ष समूहमा सबैभन्दा बढी काेराेना संक्रमण देखाएको छ । तथ्यांकनुसार अहिलेसम्मका ५ हजार १ मृतकमध्ये नेपालमा मृत्यु भएकाहरूमा सबैभन्दा बढी सङ्ख्या ५० देखि ७९ वर्षका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी ५८० जना ७०-७४ वर्षका व्यक्ति छन् भने, ६५-६९ वर्षका ५३६ एवम् ६०-६४ वर्षका ५२६ जना छन् ।

५०-५४ वर्षका ४३९, ५५-५९ वर्षका ४७३ र ७५-७९ वर्षका ४७९ जनाको मृत्यु भएको छ । १९ वर्षभन्दा मुनिका ५६ जनाको मृत्यु भएको छ जुनमध्ये २० जना चार वर्षसम्मका बालबालिका छन् । तीमध्ये नौ जना एक वर्षभन्दा कम उमेरका शिशु छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत