वातावरण

मंगलबार उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ जेठ ४ गने (मंगलबार) यस्ताे छ माैसमः

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपात/ वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत