वातावरण

माैसम विभागकाे विशेष बुलेटिन, शक्तिशाली चक्रवात ताउ-ते बढ्ने क्रम जारी

जल तथा मौसम विज्ञान विभागद्वारा जारी २०७८/०२/०३ बेलुका ०९:०० बजे

हाल पूर्वीमध्य अरब सागरमा रहेको अति धेरै शक्तिशाली चक्रवात ताउ-ते “TaukTae” उत्तर-उत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू-भागमा पनि पर्ने सम्भावना रहेको छ ।

विभाग भन्छ - सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

साथै बुधबार दिउँसोबाट उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो अवधिमा उच्च हिमाली भू-भागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन हुन विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत