गाउँ सहर

अबका केही हप्ता अझैपनि चुनाैतीपूर्ण : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अबका केही हप्ता अझै चुनौतीपूर्ण हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ । 

'अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,' सूचनामा भनिएको छ । 

मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ ।

साथै, सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको मन्त्रालयले जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा  हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालय एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत