अर्थतन्त्र

एन आई सी एशिया बैंकको आकर्षक क्यासब्याक सहितको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना 

काठमाडाैँ । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न अहिले देशका अधिकांश स्थानमा निधेषाज्ञा लागू भईरहेको अवस्थामा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै सबैले व्यक्तिगत तथा संस्थागत नागरिकका तर्फबाट आ–आफ्नो स्तरमा असाधारण कदम चाल्नु पर्ने आजको टड्कारोलाई विमर्श गर्दै एन आई सी एशिया बैंकले एक संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता प्राप्त गर्न सक्ने र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत