पूर्वाधार

कोरोनाभाइरसबाट थप २१४* जनाको मृत्यु, ५ हजार ७६७ जनाले गरे स्वास्थ्य लाभ, थपिए ९ हजार २४७ नयाँ संक्रमित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २१४* जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ५ हजार २१५ पुगेको छ । 

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २१ हजार ६५३ र एन्टिजेन विधिबाट ४३४ को परीक्षण गर्दा ९ हजार २४७ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१६ पुगेको छ ।

देशमा आजसम्म कुल २७ लाख ९२ हजार ६७३ जनाको पिसिआर परीक्षण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । 

मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् । आज ७०८ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । 

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २५९ को आइसियूमा र ४०० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ५१० र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ९७० छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न देश निषेधाज्ञामा छ । 

यस्ताे छ कुल मृतककाे अवस्था

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २०-२९, ३०-३९ वर्ष, ४०-४९ र ५०-५९ वर्ष समूहमा सबैभन्दा बढी काेराेना संक्रमण देखाएको छ ।

तथ्यांकनुसार अहिलेसम्मका ५ हजार १ मृतकमध्ये नेपालमा मृत्यु भएकाहरूमा सबैभन्दा बढी सङ्ख्या ५० देखि ७९ वर्षका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी ५८० जना ७० देखि ७४ वर्षका व्यक्ति छन् भने, ६५ देखि ६९ वर्षका ५३६ एवम् ६० देखि ६४ वर्षका ५२६ जना छन् ।

पचास देखि ५४ वर्षका ४३९, ५५ देखि ५९ वर्षका ४७३ र ७५ देखि ७९ वर्षका ४७९ जनाको मृत्यु भएको छ । उन्नाइस वर्षभन्दा मुनिका ५६ जनाको मृत्यु भएको छ जुनमध्ये २० जना चार वर्षसम्मका बालबालिका छन् । तीमध्ये नौ जना एक वर्षभन्दा कम उमेरका शिशु छन् ।

* (मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत ।

गाउँ सहर संवाददाता

तपाईँको मत