गाउँ सहर

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेकाे बताएका छन् । 

२८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा ओलीले  नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेको बताएका हुन् । 

नविन विचारकका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक जननेता स्वर्गीय भण्डारीले नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तरार्ष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवम् समीषामाथी आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको प्रधानमन्त्री ओलीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

यसैगरि तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै शक्ति सन्तुलनको आधारमा कम्युनिष्ट आन्दोलन र संयुक्त वाममोर्चा गठन गर्न पहल गर्नुभएको विषयलाई प्रधानमन्त्री एवम् नेकपा एमले अध्यक्ष ओलीले स्मरण गरेका छन् । 'कमरेड पुष्पलालले सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा मकरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो, – प्रधानमन्त्री ओलीले वक्तव्यमा उल्लेख गरेका छन् ।

तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा एमले र नेकपा माओवादी केन्द्र बीचमा पार्टी एकीकरण गरेका थियौँ । यो विभाजन कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपमान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो, – प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्षले २८ औं मदन–आश्रित स्मृति दिवसको उपलक्ष्यमा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने पनि बताएका छन् ।

उनले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छोड्ने बताए ।

राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जन आधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ । प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

२८ वर्ष अगाडि आजैका दिन रहस्यमय दास ढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दुःखद निधन भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत