शिक्षा

अन्तर्राष्ट्रियस्तरको शिक्षामा अगाडि बढ्दै पोखराको फिस्टेल एकेडेमी

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दसकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ ।

विद्यालय स्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न सहरमा जाने गरेको उनले देख्दै आएका फिस्टेलका संस्थापक निर्देशक चिनु रानाभाट यी विद्यार्थीलाई पोखरामा रोक्न र अन्य सहरका बालबालिकालाई पोखरा तान्न चाहन्थे । ‘विकसित मुलुकहरुका विद्यालय हेर्ने मौका पाएका उनले तिनै स्कुलको अनुशरण गर्दै १५ वर्ष अगाडि नै किनेको जग्गामा अहिले १ अर्ब लगानी गरेर भौतिक र अन्य संरचना निर्माण गरिरहेका छन् ।

माछापुच्छ्रेजस्तै उचाइ बनाएको फिस्टेललाई अझै उँचो बनाउने उनको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक शत्रसँगै अब उनले नयाँ अवधारणासहित सञ्चालन गर्दैछन् ।

सरकारी तबरबाट निर्धारित कोर्सका साथै विद्यार्थीका जीवनोयोगी ज्ञान दिँदै अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न  सदैव प्रयासरत रहेको उनले बताए ।

फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ । सक्षम तथा तालिमप्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताए । ‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तबरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक कर्मचारी र सोही अनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उनले भने । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उनले बताए ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावट मात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत सञ्चालन गर्न सकिन्छ ।

वातानुकुलित र फराकिला कोठा छन् । जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी अलग्गै छ । अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हल समेत बनाइएको रानाभाटले बताए । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउनेक्रममा छ । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।

फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अगाडिको लाइनमा पर्छ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेत रहनेछ । 

हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भर्याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वासथ्यकर्मी पनि रहनेछन् । आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक चिनु रानाभाटले बताए् ।

गाउँ सहर संवाददाता

तपाईँको मत