गाउँ सहर

प्रधानमन्त्रीकाे सपथबारे युवराज दुलालकाे पाँच टिप्पणी

काठमाडाैं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएको पद तथा गोपनीयताको शपथ विवादमा तानिएको छ । शपथ ग्रहणका क्रममा ओलीले मुलुक र जनताप्रति वफादार रहने प्रतिज्ञा गर्न अस्वीकार गरेको भन्दै आलोचना भएको हो । 

संविधानविद्हरुले प्रधानमन्त्री र राष्ट्रपतिको यो हर्कतले समग्र देश र जनताको अवमूल्यन गरेको प्रतिक्रिया दिएका छन् ।

यसै सम्बन्धमा नेकपा माओवादी केन्द्रका युवा नेता युवराज दुलालले सपथ लिएकाे दृष्य हेर्नुपर्दा लज्जित भएकाे भन्दै नेपालीकाे शीर निहुरिएकाे बताएका छन् ।

उनले भने,'नबोलौं भन्दा पनि आफूभित्रको सचेत हृदयले बोल्न विवश बनायो । राष्ट्र (देश र जनता) को नाउँमा लिइने सपथ गिज्याएर लिएको र दिएको दृश्यले हामी सबैको शीर निहुरिएको छ । यो दृश्य हेर्नुपर्दा म स्वयं राष्ट्रप्रति क्षमाप्रार्थी छु । यसबारे आम जिज्ञासु र राष्ट्रप्रति बफादार नागरिकका लागि, जान्ने बुझ्नेले मुख खोलौं ।' 

विवादित सपथबारे दुलालकाे पाँच टिप्पणी

१. प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले लिने सपथको ब्यहोरा संबिधानको धारा ८० ले संघीय कानून बमोजिम हुने ब्यबस्था गरेको छ, तर कानुन नै बनेको छैन । 
२. हाल लिइएको सपथ अन्तरिम संविधानले निर्देशित गरे बमोजिम हो । परम्पराको आधारमा हो । 
३. सपथमा जहाँनिर 'प्रतिज्ञा गर्छु' लेखिएकाे छ, त्यहिँनिर अब्लिक (र) दिएर ईश्वरको नाउँमा शपथ लिन्छु की,... लेखिएको छ, सपथको शुरुमा प्रतिज्ञा गर्छु वा ईश्वरको नाउँमा सपथ लिन्छु भन्ने बिकल्पमध्ये प्रधानमन्त्रीले एउटा मात्र भन्दा हुन्छ भन्ने बुझेर 'त्यो पर्दैन' (मर्यादा र शिष्टताले भन्नै मिल्दैन) भनेको मान्दा पनि बिकल्पका दुवै उहाँले भन्नु भएन । यसर्थ प्रधानमन्त्रीले लिएको सपथ नै भएन र उहाँले राष्ट्रका नाउँमा आम माफी मागेर पुन: सपथ लिनुपर्छ । 
४. सपथ गराउने सम्माननीय राष्ट्रपतिज्यूको 'हीहीही..' ले सिँगो देशको शीर निहुरिएको छ । 
५. यो बिषय कसैको समर्थन या बिरोधको बिषय होइन, राष्ट्रको मान, सम्मान, मर्यादा र इज्जतको बिषय हो । राष्ट्रमा अन्तर्निहित सार्वभौम राज्यशक्तिको बिषय हो । सबैले यसमा गभिरतापूर्वक बहस गरौँ । देशको मर्यादा कायम राखौँ । 

गाउँ सहर संवाददाता

तपाईँको मत