स्वास्थ्य

कोरोनाभाइरसबाट १८७* जनाको मृत्यु, ५ हजार ४५५ जनाले गरे स्वास्थ्य लाभ, थपिए ८ हजार १६७, निको हुने दर ७४.४ प्रतिशत 

[नेपाल र भारतकाे तथ्यांकसहितकाे विश्लेषण]

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १८७* जनाको मृत्यु भएको छ । 

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । योसहित कुल मृतकको दर ४ हजार ८५६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ को परीक्षण गर्दा ८ हजार १६७ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.४ रहेको छ । योसँगै ३ लाख ३३ हजार १०८ जना निको भएका छन् । 

मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन् । आज ६७५ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । आजसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३३१ को आइसियूमा र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँमा मात्रै १ हजार ९३७ आइसोलेशनमा, १८० आइसियूमा र १०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा १ लाख १ हजार ७७१ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ९६९ छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

* (मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत ।

यस्ताे छ पछिल्लाे तथ्यांक

भारतभन्दा मृत्यु र संक्रमण जनसंख्याकाे हिसावले बढी हाे ?

भारतमा शुक्रवार तीन लाख ४३ हजार जनामा सङ्क्रमण र ४,००० जनाको मृत्यु पुष्टि गरिएको थियो । नेपालमा भने ८,५२० जनामा सङ्क्रमण र २०३ जनाको मृत्यु पुष्टि भएको थियो ।

सङ्ख्यात्मक हिसाबले भिन्नता देखिए पनि जनसङ्ख्याको अनुपातमा दुई देशको तथ्याङ्क हेर्दा नेपालको स्थिति चिन्ताजनक देखिन्छ । बिहीवारसम्मको अवस्थामा नेपालमा प्रति एक लाख जनसङ्ख्यामा ३१ जनामा सङ्क्रमण भएको देखिन्छ भने भारतमा सो सङ्ख्या २६ छ ।

भारतमा गत सातादेखि यो सङ्ख्या कम हुन थालेको छ भने नेपालमा अझै बढ्दो क्रममा रहेको देखिन्छ । एक जनाबाट कति जनाको सङ्क्रमण सरिरहेछ भने देखाउने आर सङ्ख्या हेर्दा पनि नेपालको अवस्था खराब देखिन्छ ।

भारतमा हाल सो सङ्ख्या १.१ रहेको छ भने नेपालको १.४६ रहेको छ । नेपालमा यो दर एप्रिल १० मा विश्वकै उच्च २.१ रहेकोमा बिस्तारै घट्न थालेको हो ।

मृत्युदर हेर्दा पनि भारतमा प्रति १० लाखमा तीन जनाको मृत्यु भएको छ भने नेपालमा सो दर ४.६ रहेको छ । परीक्षण र सङ्क्रमण पुष्टिको औसत नेपालमा ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता

तपाईँको मत