स्वास्थ्य

कोरोनाबाट संक्रमित भएका ७५ प्रतिशत बढी बच्चामा घाँटीमा खसखस देखिएन, ज्वरोको लक्षण युवाको तुलनामा तीनगुणा बढी

ब्रिटिश वैज्ञानिकको दावी

काठमाडौँ । वैज्ञानिकले कोरोनाको तेस्रो लहर आउनसक्ने आंकलन गरिरहेका छन् । यसको सबैभन्दा बढी खतरा बच्चाको लागि हुनसक्ने उनीहरुले बताइरहेका छन् । यसैबीच बेलायतको अनुसन्धानले भनेको छ - कोरोनाबाट संक्रमित हुने बढी बच्चामा कोभिड १९ को लक्षण देखिइरहेको छैन ।

० - १८ वर्षका १२ हजार ३०० बच्चामा भएको अनुसन्धानले ७५ प्रतिशत पोजेटिभ बच्चामा ज्वरो, घाँटी खसखस र सास फेर्नमा समस्याजस्ता कुनैपनि लक्षण देखिएका छैनन् ।

अनसन्धानकर्ता ब्रिटेनकी अल्बामा युनिभर्सिटीका शोधकर्ताका अनुसार, युवाको तुलनामा बच्चामा कोरोना संक्रमण हुने खतरा तीनगुणा बढी छ ।

अनुसन्धानमा सहभागी बच्चाको जाँचबाट २५ प्रतिशत बच्चामा लक्षण देखिएको थियो । यसमा १८ प्रतिशतमा ज्वरो, मांसपेशिमा दुखाई, स्वाद र वास्ना हराएको महशुष जस्ता लक्षण देखिएका थिए । यस्तै १६.५ प्रतिशतमा घाँटीमा खसखस, १३.५ मा उल्टी हुने समस्या थियो । यसको अलवा ८.१ प्रतिशतमा छालामा समस्या र ४.८ प्रतिशतमा टाउको दुख्ने गुनासो थियो । कुल ६७२ विरामी अस्पतालमा भर्ना गरिएको थियो ।

शोधकर्ताका अनुसार - बच्चालाई दुईवटा समूहमा बाँडिएको थियो । पहिलो समूहमा ति बच्चाहरु समावेश थिए जसलाई अस्पतालमा भर्ना गरिएको थियो र अर्को समूह यस्ता संक्रमित बच्चा थिए, जसलाई अस्पतालमा भर्ना गर्नु परेको थिएन । दुबै समूहमा बच्चामा मांसपेशिमा दुखाई, थकान, स्वाद र वास्ना महशुष नहुनु जस्ता लक्षण थिए ।

शोधकर्ताले भनेका छन् - संक्रमित बच्चामा ६.५ प्रतिशत अश्वेत बच्चा थिए, ३.३ प्रतिशत गोरा अर्थात श्वेत थिए । यसको अलवा ४.६ प्रतिशत संक्रमित बच्चा हिस्पेनिक मूलका थिए । शोधकर्ताका अनुसार, बच्चामा संक्रमण भएपछि लक्षण नदेखिँदा चिन्ता थपिएको थियो । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत