गाउँ सहर

भारतको गंगा किनारमा लासैलास, आफन्त भन्छन् - अन्तिम क्रिया गर्न पैसा छैन

तस्बिरः भास्कर डटकमकाे सहयाेगमा ।

भारत । भारतीय कांग्रेस अध्यक्ष सोनिया गांधीको संसदीय क्षेत्र रायबरेली र उनको गृह जनपद प्रयायराजबाट महत्वपूर्ण खबर आइरहेको छ ।

भास्कर डटकमका अनुसार कानपुर, उन्नव, कन्नौज, गाजीपुर र बलियाको गंगा किनारमा सैकडौँ संख्यामा गाडिएका लास प्राप्त भएका छन् । समाचारमा बताइएअनुसार आफन्तसँग अन्तिम क्रिया गर्नको लागि पैसा थिएन र त्यहिँ गाडे ।

रायबरेलीमा गेगासो गंगा घाटमा २०० भन्दा बढी शव देखेर छक्क परे । स्थानीयका अनुसार ति लासहरु अहिले कुकुरले तानिरहेका छन् । पछिल्लो एक महिनादेखि यस्तो भइरहेको उनीहरुको भनाई छ । तर स्थानीय प्रशासनले यो कुरा मानिरहेको भने छैन । उसले खण्डन गरेको छ ।

कोरोना कहर र मृतकको संख्या बढ्दा भारतमा अस्तव्यस्तता छाएको छ ।

भारतमा काेराेनाबाट अहिलेसम्म २ लाख ६२ हजार ३१७ जनाकाे मृत्यु भइसकेकाे छ । संसारकै दाेस्राे संक्रमित मुलुक बनेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत