पूर्वाधार

गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार तथा अन्य अस्पतालबाट रेफर हुनुपर्ने अवस्थाका बिरामीलाई अब यी अस्पताल

फाइल तस्बिर ।

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ११ वटा अस्पतालमा गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न 'ब्याकअप' अस्पतालका रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार उपत्यकाका ठूला अस्पताल तथा मेडिकल कलेजहरुलाई गम्भीर अवस्थाका कोरोना संक्रमितको तत्काल उपचार व्यवस्थापन गर्ने गरी मिलाइएको हो ।

उनका अनुसार काठमाडौंका आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नोबेल अस्पताललाई गम्भीर अवस्थाका बिरामीको स्वास्थ्य उपचारका लागि तोकिएको हो ।

यी अस्पतालहरुमा गम्भीर अवस्थामा आउने कोरोना संक्रमित तथा अन्य अस्पतालबाट रेफर हुनुपर्ने अवस्थाका बिरामीलाई व्यवस्थापन गरिने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत