पूर्वाधार

१६ करोड २५ लाख बढीमा कोरोना संक्रमण, १४ करोड ३ लाखले हराए, ३३ लाख ३७ हजार बढीको मृत्यु

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा अहिलेसम्म १६ करोड २५ लाख ३ हजार ३६८ संक्रमितमध्ये १४ करोड ३ लाख ७१ हजार १४२ जनाले भाइरसलाई हराएका छन् । तर ३३ लाख ७० हजार ५२९ जनाको भने मृत्यु भएको छ । जुन संक्रमित संख्याको २ प्रतिशत हो ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार विश्वमा कोरोना संक्रमणको १ करोड ८७ लाख ६१ हजार ६९७ सक्रिय संक्रमणमध्ये १ लाख ३ हजार ६३५ जनाको अवस्था भने गम्भीर रहेको छ जुन ०.६ प्रतिशत हो ।

अमेरिका, भारत, ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटली, स्पेन र जर्मनी भाइरसबाट बढी प्रताडित १० देशहरु बनेका छन् ।

नेपालमा पछिल्लो दिनमा भाइरसका कारण २०३ जनाको ज्यान गएको छ । विभिन्न समयमा सेनाले शव व्यवस्थापन समायोजन गर्दा यो मृत्यु भएको हो । अहिले देशमा १ लाख ७ हजार ३३६ सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल इन्फोको रेंकिंगमा खराब ४३ नम्बरमा छ । देशमा कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुग्दा स्वास्थ्य लाभ गर्नेको संख्या ३ लाख २७ हजार ६५३ छ । 

संक्रमणको गति धिमि गर्न अत्यावश्यकबाहेक देशका अधिकांशत स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत