वातावरण

शनिबार एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

२०७८ जेठ १ गते (शनिबार) जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान यस्ताे छः

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाका अनुसार, राति: देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत