स्वास्थ्य

कोरोनाभाइरसबाट २०३* जनाको मृत्यु, ६ हजार १३५ जनाले गरे स्वास्थ्य लाभ, थपिए ८ हजार ५२०, निको हुने दर ७४.५ प्रतिशत 

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । 

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । योसहित कुल मृतकको दर ४ हजार ६६९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार ९४८ र एन्टिजेन विधिबाट ५३० को परीक्षण गर्दा ८ हजार ५२० नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.५ रहेको छ । योसँगै ३ लाख २७ हजार ६५३ जना निको भएका छन् । 

मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन् । आज ५१६ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । आजसम्म २७ लाख ३३ हजार ५१० को पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३३४ को आइसियूमा र ३७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँमा मात्रै १ हजार ८२५ आइसोलेशनमा, १८५ आइसियूमा र १०५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका प्रायः स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

* (मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत ।

यस्ताे छ पछिल्लाे तथ्यांक

मन्त्रालयकाे सूचना र सन्देश

 

गाउँ सहर संवाददाता

तपाईँको मत