राजनीति

गुहार माग्दै आएपछि सरकारकाे नेतृत्व लिने प्रयास गरियाे तर नैतिकता गुमाएनाैँ : पाैडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सत्ताकाे नेतृत्व लिने प्रयास असफल भएपनि नेपाली कांगेस लाेकतान्त्रिक मूल्य मान्यता र राजनीतिक संस्कारबाट विमुख नभएकाे स्पष्टाेक्ति दिएका छन् ।

संविधान मिच्चनेदेखि संसद विघटन गरेर जनमतकाे अपमान गर्नेसम्मका अलाेकतान्त्रिक बाटाेमा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार लागेकाले त्यसलाई राेक्न प्रयास स्वरूप बदलिँदाे राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले सत्ताकाे नेतृत्वमा दाबी गरेकाे उनकाे तर्क छ । 

उनले भने, "हामीलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने मेण्डेट दिएका थिए । हाम्रो चाहना पनि त्यही थियो । तर कम्युनिष्ट पार्टीभित्र भएको अराजनैतिक, अलोकतान्त्रिक र मर्यदाहीन लुछाचुँडीले गर्दा देशको अवस्था तरल बन्दै गयो । राजनैतीक कुसंस्कार, भ्रष्टाचार, महङ्गी, कालोबजारी, बलात्कार, जस्ता जघन्य अपराध बढ्ने श्रृखला झन् झन् मौलाउँदै गयो । संविधान मिच्ने देखि संसद विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस ओली नेतृत्वको कम्युनिष्ट सरकारले गर्यो । उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो ।"

नेपाली कांग्रेस संविधानप्रति प्रतिवद्ध रहेकाे स्पष्ट पार्दै लाेकतन्त्र, संविधान र जनताकाे लडाइँ लड्न सधैं तयार रहेकाे बताएका छन् । 

"नेपाली कांग्रेस संविधान प्रति प्रतिवद्ध छ। हामीसँग राजनैतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं । हाम्रो लडाई सधैँ विवेकपूर्ण र संयमित हुन्छ । हामीले हारेका छैनौँ " पाैडेलले भने ।

कोभीड महामारीले देश थिलथिलो हुँदा पनि सरकारले जोखिम कम गर्न भ्याक्सिन उपलब्ध गराउन नसकेाे, कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कारबाही नगरेकाे तथा स्वास्थ्य क्षमता वृद्धि गर्न नसकेकाे उनकाे आराेप छ । 

पाैडेलकाे स्पष्ट पार्दै भने, "सरकारले महामारी नियन्त्रण गर्न सकेन । सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेससँग गुहार माग्दै आयो । देश नेतृत्व विहिन हुन दिनुहुँदैन भनेर हामीले अग्रसरता देखायौँ । हामीले आफूलाई कुनै उत्तेजक बनाएनौँ । नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्यौँ । परिस्थिति फरक बन्यो । जसपा र माधव नेपाल समूहले कुनै हिम्मत देखाउन सकेनन् । हामी लोकतान्त्रिक मूल्य मान्यताका आधारमा अघि बढिरहेका छौँ । हामीले संयमता र नैतिकता गुमाएनौँ ।"

गाउँ सहर संवाददाता

तपाईँको मत