निषधाज्ञा अवधिभर बैंकले दिने सेवामा परिवर्तन, ५० हजारभन्दा कम जम्मा गर्न नपाइने
- गाउँ सहर संवाददाता
- ३१ बैशाख शुक्रबार, २०७८ | ०८:४०:०० मा प्रकाशित
काठमाडाैं । आजदेखि बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निषेधाज्ञा अवधिभर निश्चित सेवा दिन नेपाल बैंकर्स संघले अनुराेध गरेकाे छ ।
अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम डिपोजिट गर्न नपाइने भएको छ । संघले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।
संघले सरकारले अत्यावश्यक सेवाबाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।
बैंकले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्नेलगायत कामहरू रोकिने भएका छन् ।
बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ ।
यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस