राजनीति

तोकिएको समयभित्र प्रधानमन्त्री पदमा कसैले दावी आएन : राष्ट्रपति कार्यालय

काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

राष्ट्रपति कार्यालयले बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दावी पेश नगरेको जनाएको हाे ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन् । सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत