राजनीति

नेविसंघले संस्थापक सदस्य खड्काकाे निधनमा दु:ख व्यक्त

काठमाडाैं । नेपाल विद्यार्थी संघले संस्थापक सदस्य शिवबहादुर खड्काकाे निधनमा दु:ख प्रकट गरेकाे छ । नेविसंघले खड्काकाे १२औं दिनको पून्य तिथिमा एक वक्तब्य जारी गर्दै नेविसंघकाे स्थापनकालदेखि नेपाली कांग्रेसमा रहेर नेपालमा लाेकतान्त्रिक पद्धतिकाे लागि पुर्याएकाे याेगदानकाे स्मरण गर्दै उहाँकाे संघर्षपूर्ण याेगदान तमाम नेविसंघका सदस्यहरूका लागि प्रेरणादायी रहेकाे अध्यक्ष राजीव ढुंगानाले जारी गरेका बक्तव्यमा उल्लेख गरिएकाे छ । 

खड्काकाे निधनले नेविसंघले अभिभावक गुमाएकाे र राष्ट्ले लाेकतान्त्रिक आन्दाेलनका याेद्धा गुमाएकाेले उहाँकाे अभाव सधैँ खड्किने जनाएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत