अर्थतन्त्र

बिहीबार नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १०.२० अंकले बढेर २६८४.०१ अंकमा पुगेको छ । यो दिन २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ । जसमा २ वटा कम्पनी दिव्यश्वरी हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको सेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ भने विशाल बजार, रुरु जलविद्युत परियोजना, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखु खोला जलविद्युत्, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स, युनियन हाइड्रोपावर र सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी डिी हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, छ्याङदी हाइड्रोपावर र सिभिल लघुवित्तको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाइड्रोपावर, अरुण काबेली, हिमाल दोलखा हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट बैंक अगाडि छन् ।

उपसमूहतर्फ ट्रेडिङ, होटल तथा पर्यटन, लगानी र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङबाहेक अन्यमा हरियाली देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत