स्वास्थ्य

कोरोनाभाइरसबाट २१४* जनाको मृत्यु, निकाे हुनेकाे प्रतिशत घट्दाे, थपिए ८ हजार ९६०

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ ।

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । योसंगै मृत्यु हुनेको कुल संख्या ४ हजार ४६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट १९ हजार ४७४ र एन्टिजेन विधिबाट ७७१ को परीक्षण गर्दा ८ हजार ९६० नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.६ रहेको छ । योसँगै ३ लाख २१ हजार ५१८ जना निको भएका छन् । 

मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख ५ हजार २०६ सक्रिय संक्रमित रहेका छन् । आज ४९७ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । आजसम्म २७ लाख १२ हजार ५६२ को पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३८१ को आइसियूमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

* (मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत ।

यस्ताे छ पूर्ण तथ्यांक २४ घण्टाकाे

मन्त्रालयकाे सूचना र अनुराेधः

गाउँ सहर संवाददाता

तपाईँको मत